'कोरोनाबाट जनता जोगाउनु, त्यसपछि राजनीति गर्नुहोला'

राजनीतिकर्मी र बुद्धिजिवीलाई खुल्ला पत्र :
शनिबार, जेठ २२, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

माननीय पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री पूर्व मन्त्री तथा  माननीय ज्यू,संघीय सांसद,प्रदेश सांसद साथै  सबै राजनीतिक दलका केन्द्रीय नेता तथा सबै बुद्धिजिवी दाजुभाइ, गोरखा क्षेत्र नं २ पालुङटार, नगरपालिका ,सिरानचोक गाउँपालिकाका प्रमुखज्यूहरु ।

 म एउटा सचेत नागरिकको हैसियलतले यहाँहरू समक्ष केही विषय राख्न चाहन्छु । 
डेढवर्षदेखि कोरोना महामारीका कारण विश्व नै यतिखेर स्थीर जस्तै भएको छ । दोस्रो भेरियन्टको संक्रमण फैलिएसँग नेपालीले यो महामारीको मार धेरै खेपिरहेका छन् ।  निम्न आर्थिक अवस्था भएकाहरु यो महामारीको प्रत्यक्ष शिकार भएका छन् । मुलुकमा देखिएको राजनीतिक खिचातानी, पद लोलुपता देख्दा हुँदा खाने वर्गप्रति कोही पनि संवेदनशील देखिदैंन । अहिलेको आवश्यकता र जनताको चाहना   राजनीतिक विषय होइन । कोरोर्ना  संक्रमण नियन्त्रण र न्यूनीकरण गर्नका लागि थालिने प्रयास महत्वपूर्ण हुन् । यतिखेर सम्पूर्ण राजनीतिककर्मी, बुद्धिजिवी, सामाजिक अभियन्ता राजनीतिभन्दा माथि उठेर कोरोनाको महामारी खेपिरहेका नागरिकको हितका लागि काम गर्नुपर्ने अवस्था छ । 
यतिबेला कोरोनामा सहरमा भन्दा गाउँमा फैलिएको छ । घरैपिच्छे जस्तो संक्रमितहरु छन् । अबको आवश्यकता भनेको गाउँमा भएका स्वास्वचौकीहरुलाई पूर्वाधारयुक्त बनाउनु हो ।  अस्थायी अस्पतालको स्थापना गर्नु जरुरी छ । गाउँ पसेको कोरोना नियन्त्रण गर्न नसक्ने हो भने यसले भयावह रुप लिने निश्चित छ । 
कोरोना नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम मध्ये पहिलो प्राथमिकतामा जनचेतना र दोस्रो कन्ट्याक टेसिड हो । यसका साथै पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा पनि त्यतिकै ध्यान दिनुपर्छ । स्वास्थ्यकर्मीको संख्या बढाउनको लागि सरकारले एमबीबीएस पढ्दै गरेको अन्तिम वर्ष विद्यार्थीलाई कोरोना उपचारका खटाउन सक्छ । त्यसैगरी नर्सको व्यवस्थापन पनि यसैगरी गर्न सकिन्छ  । 
नेताज्यूहरु राजनीति र विकास दोस्रो प्राथमिकतामा राखेर काम गर्नुस् । यसो गर्दा नै तपाईहरुको भलो हुन्छ । तपाईंहरुको भविष्य राजनीति गर्नका लागि सुरक्षित  हुन्छ । उपचार नपाएर जनताको मृत्यु भए, तपाई कसका लागि राजनीति गर्नुहुन्छ ? पहिला जनता बचाउनुस् । सबै बाँचे राजनीति गर्नुहोला ।
यो महामारी जित्नका लागि राज्य संयन्त्रलाई आमनागरिकले साथ दिनु र सहयोगको त्यति नै अपरिहार्य छ । कोरोना सुरु भएको मुलुक चीन अहिले कोरोना मुक्त जस्तै भएको छ ,यसो हुनुको मुख्य कारण वफादार नागरिक हुन् । उनीहरुले कोरोना नियन्त्रणका लागि सरकारले अबलम्बन गरेका नीति नियमको अक्षरश पालना गरे । यो महामारी विरुद्ध सुझबुझ सहितको  सामूहिक लडाई अहिलेको आवश्यकता हो । कोरोना विरुद्धको यो लडाईमा सबैको ऐक्बद्धता, साथ सहयोग र समर्थन अत्यावश्यक छ । 
- गोरखाका सापकोटा हाल ललितपुर बस्छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार