सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीद्वारा छलफल

आइतबार, पुस ५, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएर छलफल गरेका छन् । ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् । 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनको लागि चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट प्रतिनिधि सभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।
निर्वाचन आयोगका प्रमुख र सदस्यसँग पनि छलफल
 नयाँ तोकिएको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा निर्वाचन आयोगका प्रमुख, सदस्यहरू, मन्त्री तथा नेकपा नेता सुवास नेम्वाङलगायत छन् । प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार