प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधबार, असार २६, २०८१

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार