सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । संसदको अधिवेशन, सरकारकाले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल गर्न देउवाले समाजवादीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ निवासमा बोलाएका हुन् । समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरू डा.बाबुराम भट्टराई र नेता राजेन्द्र महतो देउवानिवास बूढानीलकण्ठ पुगेका छन् । नेताहरूबीच अहिले छलफल भइरहेको छ । स्रोतका अनुसार भेटमा संसद् अधिवेशन र प्रतिनिधिसभामा उपसभामुख चयनलगायत विषयमा छलफल हुनेछ । कांग्रेस सभापति देउवाले शुक्रबार मात्रै संसद्मा कांग्रेसको संख्या २५ प्रतिशत नपुगेका कारण सरकारले संसद् ठप्प गराए पनि समावेदन गर्न नसकिएको बताएका थिए । उनले अन्य राजनीतिक दलसँगको सहकार्य कमजोर भएको बताएका थिए ।