पाल्पाबाट सुनका गहना चोरिमा संलग्न एक जना पक्राउ

सोमबार, असार ३, २०८१
Global Ime Bank

पाल्पा । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार