मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

मंगलबार, जेठ २९, २०८१

जनकपुर, २९ जेठ । मधेश सरकारले  आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए । जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार