नेकपाका एक यस ५० जना नेताकार्यकर्ता कांग्रेस प्रवेश 

राष्ट्र र नागरिकका लागि काम गर्न शीर्ष नेताको अनुरोध 
शुक्रबार, पुस ३, २०७७

ललितपुर ः नेपाल तरुण  दल ललितपुर क्षेत्र नम्बर १ ले अगुवा कार्यकर्ता भेलातथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 
उक्त कार्यक्रममा नेकपाका एक सय ५० जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्र्टी प्रवेश गरेका छन् । 
पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी, नेपाली कांग्रेस ललितपुर पार्टी सभापति तथा पूर्वसांसद मदनबहादर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा लगायतका नेताले टीका र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कतव्र्यनिष्ठ र वफादार कार्यकर्तालाई पार्टीले मूल्यांकन गर्ने बताए । 
दुई तिहाइको सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको बताउँदै उनले जनताको पीर मर्का नेपाली कांग्रेसले मात्रै बुझ्न सक्ने स्पष्ट पारे । भण्डारीले पार्टी प्रवेश गरेका कार्यकर्तालाई राष्ट्रियता र प्रजातन्त्रको लागि कुनै पनि सम्झौता नगर्न आग्रह गरे । 
नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले नवप्रवेशी कार्यकतालाई इमान्दारिता, विवेक, धर्म र पार्टीप्रति समर्पित भएर काम गर्न अनुरोध गरे । 
नेपाली कांग्रेस ‘मासबेस’ पार्टी भएको बताउँदै पार्टीमा सबैलाई आफ्नो धारणा राख्ने स्वतन्त्रता भएको बताए । नेपाली कांग्रेसले गर्ने राजनीति  राष्ट्र र जनताको लागिभएको बताउँदै जनताको भावना र आवश्यकता बुझ्नु पर्ने धारणा राखे । 
ललितपुर जिल्ला सभापति अमात्यले कम्युनिस्ट नेताहरुप्रतिको विश्वास गुमेपछि २०२७ सालमा आफू नेपाली कांग्रेसमा प्रवेश गरेको स्मरण गरे । 
पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले नवप्रवेशीलाई नागरिक र देशप्रति इमान्दार भएर काम गर्न अनुरोध गरे । 
स्थानीय स्तरमा कामगर्ने कार्यकर्ताले जिल्ला र केन्द्रका नेताले भन्दा जनताको समस्या बुझ्ने बताउँदै जनतासँग नजिक भएर काम गर्न आग्रह गरे । देश र जनताको लागि काम गर्न स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसको सरकार बन्नु पर्ने धारणा राखे । 
नेपाली कांग्रेस महासमिति सदस्य तथा खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले तरुण दल जनता र देशको पक्षमा जस्तो सुकै चुनौती समाना गर्न पनि तयार रहेको बताए । 
उनले तरुण दललाई बाघसँग तुलना गर्दै  राष्ट्रियता र लोकतन्त्रको विपक्षमा लाग्नेहरुसँग लड्न र भिड्न सक्ने बताए । 
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य ऋषिराम घिमिरे, महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरे, जिल्ला सदस्यहरु रामकृष्ण हुमागाइँ, गणेश केसी, रविन्स शर्मा, तरुण दल क्षेत्रीय सभापति राजन घिमिरे उपस्थित थिए ।
यसगरी कार्यक्रममा प्रदेश क सभापति सुन्दरमान थिङ, प्रदेश ख सभापति रामकृष्ण लामालगायत थुुपै नेता कार्यकर्ता  सहभागी थिए । यसका साथै गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चान पनि कार्यक्रममा उपस्थित थिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार