नामबाट ‘पिट’ हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन

आइतबार, जेठ २०, २०८१

लसएन्जल्स । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो । उनीहरु हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे । करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिए पछि उनीहरुका फ्यानहरु दुःखी भएका थिए । अहिले आएर उनीहरुको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न माग गरेकी छन् । शिलोहले आफ्नो नामबाट ‘पिट’ हटाउनका लागि लसएन्जल्स काउन्टी सुपेरियर कोर्टमा निवेदन दिएकी छन् । शिलोह नोवेल जोली–पिटले गत मे २७ मा कोर्टमा आफ्नो नाम फेरेर शिलोह नोवल राख्नका लागि निवेदन दिएकी हुन् । २००६ मे २७ मा जन्मिएकी शिलोहको इन्स्टाग्राम प्रोफाइलबाट आफ्नो नामको पछाडिको ‘पिट’ हटाई माग्न उनले कोर्टमा निवेदन दिउकी हुन् । यसपछि उनले कानूनी रुपमा नै उपनाम परिवर्तन गर्ने निर्णय लिएकी छन् । शिलोहले आफ्नो १५ वर्षे बहिनी विविएनले आफ्नो नाम पछाडिको ‘पिट’ हटाएपछि यो निर्णय लिएकी हुन् । जोली र पिटकी १९ वर्षकी छोरी जहरालाई उनको युनिभर्सिटीमा जहरा मालें जोलीका रुपमा चिनिन्छ । उनका नाममा पनि पिता ब्राड पिटको उपनाम छैन । अब शिलोह पनि आफ्नो बाँकी बहिनीको जस्तै नामबाट ‘पिट’ हटाउन चाहन्छिन् । शिलोह कानूनी रुपमा नाममा बद्लावका लागि निवेदन दिने जोली र ब्राडको पहिलो सन्तान हुन् । ब्राड पिट र एन्जेलिना जोलीको भेट सन् २००४ मा फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङमा भएको थियो । त्यो समयमा ब्राड ‘फ्रेण्ड्स’ फेम जेनिफर एनिस्टनसँग वैवाहिक बन्धनमा थिए । तर जोलीसँग भेट भएपछि उनले जेनिफरबाट अलग्गिने निर्णय लिए । लामो समयको डेटपछि उनीहरुले सन् २०१४ मा विवाह गरे र सन् २०१६ मा अलग्गिने निर्णय लिए ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार