सिने सर्कल अवार्ड सम्पन्न, उद्योगपतिले चौधरीले गरे प्रशंसा

शनिबार, जेठ १९, २०८१

 

काठमाडौं- सिनेमा सर्कल नेपालको आयोजनामा शुक्रबार राजधानी काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सिने सर्कल अवार्ड सम्पन्न भएको छ।

विगतमा जस्तै पर्दा पछाडिका कलाकर्मी पोष्टर, भिएफएक्स, स्टण्डजस्ता विधालाई प्राथामकता दिदै आएको यस अवार्डको सातौँ संस्करणमा समेत तिनै पर्दा पछाडिका कलाकर्मीलाई प्राथामिकता दिएको थियो। 

चौधरी ग्रुपका एमडी बरुण चौधरी र सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीको संयुक्त आयोजना रहेको यस कार्यक्रममा वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का र वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्कालाई नगद रु ५१ हजारसहित सम्मान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै सिनेमा सर्कल नेपालका संरक्षक समेत रहेका चौधरी कार्यक्रमको प्रशंसा गर्दै नेपालमा सिनेमा सर्कल नेपलाबाट आयोजित यस कार्यक्रममा सहभागी हुन विश्वको जुनसुकै कुनामा भएपनि नेपाल आउने गरेको र आगामी दिनमा सहभागी हुने वाचा व्यक्त गरेका थिए। 

त्यस्तै आफ्नो घर सरस्वतीको मन्दिर भएको बताउँदै बुवा विनोद चौधरीले गाएको गीत 'एकै नजरमा माया वस्यो है...' काका वसन्त चौधरीको गीतहरु स्मरण गर्दै आफू सांगीतिक माहोलमा घुलमिल भएको बताए।

चलचित्र वासुदेवदेखि पुजार सार्कीसम्म सम्झन भ्याएका चौधरीले राजेश हमाल, शिव श्रेष्ठ निर शाहदेखि प्रदीप खड्कासम्म, मिथिला शर्मादेखि सुरक्षा पन्तसम्म स्मरण गरेका थिए। नेपाली चलचित्र क्षेत्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली चलचित्र क्षेत्रमा फुलेका फुलहरुले नेपाल देशलाई सुगन्धित बनाएको उनको तर्क थियो । 

अवार्ड’मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड जितेका छन्। सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन्।

यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’बाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते। ‘उत्कृष्ट फिल्म’ ‘दिमाग खराब’ बनेको थियो।

कार्यक्रममा पोस्टर डिजाइनरको अवार्ड ‘बुलाकी’बाट राकेश दाहाल, ‘उत्कृष्ट ट्रेलर’को अवार्ड बन्दे प्रसादले फिल्म ‘काँडेतार’बाट, ‘उत्कृष्ट स्टन्ट’को अवार्ड फिल्म ‘काँडेतार’बाट लक्ष्मण सेञ्चुरीले प्राप्त गर्दा अञ्जु पन्तले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिन् भने फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले ‘नव निर्देशक’को अवार्ड जितेका थिए।

निशान भट्टराईले फिल्म ‘परदेशी २’बाट ‘उत्कृष्ट गायक’, अनुपम गौतम शर्माले ‘उपहार’बाट ‘उत्कृष्ट भीएफएक्स’, ‘अगस्त्य’बाट श्री श्रेष्ठले ‘उत्कृष्ट एक्सन’, रामजी लामिछानेले ‘नांगो गाउँ’बाट ‘उत्कृष्ट कोरियोग्राफर’, सुभाष भुसालले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट संगीतकार’, निमेष श्रेष्ठले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरेका थिए भने सुशन प्रजापतिले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट छायांकारको अवार्ड ,  ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘जारी’बाट उपेन्द्र सुब्बा, उत्कृष्ट खलपात्रको अवार्ड फिल्म ‘अगस्त्य’बाट प्रमोद अग्रहरिले प्राप्त गरेका थिए ।

यस्तै, ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दयाहाङ राई र मिरुना मगरलाई प्रदान गर्दै गर्दा क्रिटिक्स अवार्डतर्फ नै ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड फिल्म ‘बुलाकी’बाट नरेन खड्का र सुरक्षा पन्तले प्राप्त गरेका थिए। क्रिटिक्स अवार्डतर्फ ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्रमोद शाहीले ‘अन्तिम संस्कार’बाट र ट्रेन्ड सेटरको अवार्ड निर्देशकद्धय रामबाबु गुरुङ र प्रदीप भट्टराईलाई प्रदान गरिएको थियो।

विगतका श्रृंखलामा चर्चित भारतीय कलाकार तथा एमपी शत्रुधन सिन्हा, माला सिन्हा, गोविन्दालगायतको उपस्थितिमा भएको थियो।

यो अवार्ड नेपालमा निरन्तर सात बर्षदेखी हुँदै आएको छ। आयोजक सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार दिनेश डिसीले यो निरन्तर हुँदै आएको राष्ट्रियस्तरको एक मात्र रहेको दाबी गरेका थिए। 

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार