एनिमलपछि बलिवुडमा चम्किएकी तृप्ति

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ । सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो । सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन् । फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका थिए । एनिमलको सफलताबाट तृप्तीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ । अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन् । उनको हालै धर्मा प्रोडक्सनको फिल्म धड्क-२ को घोषणा गरिएको छ । फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ती डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य भूमिकामा देखिने जानकारी दिइएको छ ।  फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् । यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ । त्यस्तै उनको अर्को फिल्म ब्याड न्यूज पनि आउने भएको छ । गुड न्यूजपछि धर्मा प्रोडक्सनले चाँडै ब्याड न्यूज ल्याउने भएको छ । फिल्मको स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन् । फिल्ममा तृप्तीले मुख्य नायिकाको रुपमा काम गरेकी छिन् । यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ । त्यस्तै भूलभुलैया 3 मा पनि तृप्तिले काम गरेकी छन् । अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए । फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् । यो फिल्ममा तृप्ति डिमरी पनि देखिनेछिन् । केही समय अघि उनी फिल्मको पोस्टरमा देखिएकी थिइन् । त्यस्तै एनिमलको सिक्वेल भनिएको फिल्म एनिमल पार्कमा पनि तृप्ति आउदै छन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा तृप्ती पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । अहिले यो चलचित्र प्रि-प्रोडक्सन चरणमा छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार