दृष्टिबिहीन कविले मनको आँखाले लेखेका कविता सार्वजनिकक 

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ ।  आज काठमाडौंमा एक कार्यक्रमका बीच उक्त कविता सङ्ग्रह सार्वजनिक भएको हो ।  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मधुसुदन घिमिरे दृष्टिविहिन भएपनि मनको आँखाले सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने गरेको कार्यक्रममा बताए । 

उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने क्षमत लेखकमा रहेको छ । उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ । यस्ता कविताहरु धेरै धेरै र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु ।’ १२५ थान छोटा कविताहरु सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्था सहित कविताहरु छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार