Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

ललितकला प्रतिष्ठान कलाकर्मीका लागि एकीकृत थलो : पर्यटन मन्त्री 

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ललितकला प्रतिष्ठानले विविध विधाका सबै कलाकारहरुलाई एउटा थलोमा एकीकृत गरेको बताएका छन् ।  राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले प्रतिष्ठानले प्रदेशस्तरमा पनि कलाकारहरुलाई सम्मान गरेको भन्दै आगामी दिनमा यसलाई भव्यरुपमा सम्पन्न गर्ने विश्वास लिएको बताए । उनले भने, ‘यसपालिदेखि प्रादेशिक रुपमा समेत त्यो कार्यक्रमलाई विस्तार गरेर अन्तिममा राष्ट्रियस्तरसम्म पुग्ने विश्वास लिएको छु । यहाँ विविध विधामा रहेका कलाकारहरुलाई एउटै छानामा राख्ने काम पनि गरेको छ । आगामी दिनमा यस खालको परम्परालाई निरन्तरता दिने मात्र होइन, भव्य रुपमा सम्पन्न गर्ने कुरा अनुमान गरेका छौं ।’  यस्तै, कलाको क्षेत्रमा लागेका कलाकारहरुलाई अझ प्रोत्साहित गर्ने हिसाबले ललितकला प्रतिष्ठानले लामो समयदेखि कलाकारहरुलाई अवसर प्रदान र सम्मान गरेको भन्दै उनले खुसी पनि व्यक्त गरे ।  उनले भने, ‘नेपाल आफैंमा विविधतायुक्त मुलुक, जसको कारणले गर्दा हामी सांस्कृतिक रुपमा धेरै धनी छाैं । यसलाई अझ प्रोत्साहित गर्ने हिसाबले अथवा यस क्षेत्रमा लाग्नु भएका कलाकारहरुलाई अझ प्रोत्साहित गर्ने हिसाबले यो ललितकला प्रतिष्ठानले कलाकारहरुलाई अवसर प्रदान गर्ने र सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।’ 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सपनाको सपना
मंगलबार, जेठ १५, २०८१

भो, दसैंको कुरा नगर
मंगलबार, जेठ १५, २०८१