सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको उपचारार्थ ‘हाइ डिपेन्डेन्सी यूनिट’ (एचडियू) श्यया सञ्चालनमा आएको छ । चार महिना अघि नै सञ्चालनमा आइसक्नु पर्ने श्यया चर्को दबाब पछि बल्ल सञ्चालनमा ल्याइएको हो । सङ्क्रमित बिरामीको उपचारका लागि त्यस्ता श्ययाको अभाव हँुदै आएको छ । जडानका लागि ल्याइएको श्यया भने स्टोरमा थन्क्याइएर राखिएको थियो । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘गण्डकी प्रदेश सरकारले अस्पताललाई चार महिना अघि नै सघन बिरामीको उपचारको लागि १ करोड १६ लाख रुपैयाँ बराबरको २८ एचडियू श्यया उपलब्ध गराएको थियो ।’ भवन अभावका कारण श्यया सञ्चालनमा ल्याउन नसकिएको र जिल्लाभित्र पनि सङ्क्रमणको दोस्रो लहरमा सङ्ंक्रमतिको संख्या अत्याधिक वृद्धि भएपछि अस्पतालले १३ श्यया सञ्चालनमा ल्याएको छ । अस्पतालका भवनमा गोरखा भुकम्पले क्षति पु¥याएपछि नयाँ भवन बन्न ढिलाइ भएका कारण प्रदेश सरकारले श्यया उपलब्ध गराएको भएपनि समयमा सञ्चालन गर्न सकिएको थिएन् । नयाँ भवन बन्दै गरेको अबस्था छ । अस्पतालको चमेना गृहका लागि तयार भएको भवनमा एचडियू वेड राखेर सञ्चालनगर्न शुरु गरिएको छ । श्यया जडानका लागि प्राबिधिक आउन ढिलाइ भएकाले पनि केही समय लागेको, श्यया अस्पतालमा निर्माण गरिएको अक्सिजन पनि जोडनु पर्ने भएपछि प्लान्ट सञ्चालन गरी एकै पटक जडान र श्ययामा अक्सिजन समेत जडान गरिएको छ ।