प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकत्ता

आइतबार, वैशाख ३०, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।

IPL 2024, MI vs KKR highlights: Kolkata beat Mumbai after 12 years at  Wankhede Stadium | IPL 2024 News - Business Standard

मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २–२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १–१ विकेट लिए । जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे । कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २–२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए । जित पछि शीर्ष स्थानमा रहेको कोलकत्ताको १२ खेलमा १८ अंक रहेको छ । पराजित मुम्बईले भने १३ खेल खेल्दै ८ अंक मात्र बटुलेको छ । आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिउँसो ३स्४५ बजे सुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल भिड्ने छन् भने बेलुका ७स्४५ बजे रोयल च्यालेनजर्स बेंगलूरु र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार