पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद

मरासिनीलाई सफाइ
बुधबार, वैशाख २६, २०८१

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार शर्मालाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाएको हो ।  पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत बैशाख ७ गते नै दोषी ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् । पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसैबेला उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार