आयोजकले जित्यो चौथो भजहर कप  

मंगलबार, वैशाख २५, २०८१

धनगढी । चौथो भजहर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक युवा जनहित क्लबले जितेको छ ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर खेल मैदानमा जारी प्रतियोगिताको फाइनलमा राइजिङ स्टार युवा क्लब उदासीपुरलाई २–१ को हराउँदै आयोजक जनहितले उपाधि चुमेको हो ।  विजेता टिमले ट्रफीसहित नगद एक लाख प्राप्त गरेको छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ पाएको छ ।  थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदैं आएको भजहर कपको चौथो संस्करणको उत्कृष्ट खेलाडी आयोजक टीमका विजय सिंह ठकुरी भए । उत्कृष्ट गोलरक्षक आयोजकै जियारत शेख भए । हिमालयन युवा क्लबका फागुराम थारु सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दुई हजार नगद सहित ट्रफी पाए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार