नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ । नेपालले आज इङल्याण्डको सी  टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड पुगेका छन् ।

नेपाली टिम: 

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार ।

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द ।

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु ।

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार