सङ्घर्षमय जीवन 

शनिबार, वैशाख २२, २०८१

अन्धकारमय जीवनलाई उज्यालो तर्फ धकेल्ने प्रमुख तत्व नै शिक्षा हो । यसले मान्छेको जिन्दगीलाई सौन्दर्य किरण मय बनाइदिन्छ । तर मेरो जिन्दगीको एक सुुन्दर किरण त मेरी ९० उभो कि हजुरआमा हुनुुहुुन्छ, ७५ आस पासका बुबा हुनुुहुुन्छ अनि ६५ बर्ष कि आमा हुनुुहुन्छ । आज शिक्षाले जिन्दगीमा किरण भरिदिनेछ भन्दै गर्दा मेरो जिन्दगीका अनमोल किरणहरूलाई म बाट टाढा बनाउँदै छुु । म उच्च शिक्षा हासिल गर्नका लागि उहाँहरूबाट टाढीएकि छु । आमा बालाई एक्लो महशुस गराउन नदिन के गर्नुपर्छ भन्ने कुरा मलाई थाहा छ तर आमा बुबाको सङ्घर्ष मैले देखेकी छैन । मैले आफू भन्दा साना भाइबहिनीलाई आमा बाको महत्व बुझाएकी छु र मैले पनि बुझेकी छु तर आमा बाको साथमा मात्र १५ दिन कटाउन पनि मलाई मुस्किल पर्छ । थुप्रै ठूला ठूला गोष्ठी अनि सेमिनारमा उहाँहरुको भलाई, स्वास्थ्य, अनि माया सम्बन्धि विभिन्न कुरा उठाउँछु, बहस गर्छु, कानुनका कुरा गर्छु तर बिडम्बना म काठमाडौँमा छु, आमा बा गाउँकै त्यो पुरानो घरको पिँढीमा मेरै प्रतिक्षाको बाटो कुरिरहनुुभएको छ । 
मलाई यो शिक्षाले कति धेरै कुरा सिकायो,  अझ आमा बाको हकहित, अधिकार, सम्मान, साथ अनि स्वास्थ्यको बारेमा मेरो आखाँ खोलिदियो । सत्य के हो बुझ्नमा सहज पनि गराईदियो तर शिक्षा प्राप्तिकै लागि म आमा बाबाट छुुट्टिएर निकै टाढाको यो शहरमा आउनु पथ्र्यो । शिक्षाले मलाई नव किरण त थपिदियो तर शिक्षालाई नै पूर्णरुप दिनका लागि आफूसङ्ग भैरहेका किरणहरू छोड्नु पथ्र्यो । खै.... मान्छेहरूलाई के लाग्छ म भने अलि छुट्टै तरिकाले सोच्छु, एकचोटी शिक्षा प्राप्त गर्नलाई घर छोडेका छोराछोरीहरू फेरि आमा बा सँग बस्नलाई कठिनाई नै हुन्छ । केटा भए जागिर भन्यो, केटि भए बिहे भन्यो शिक्षा लिने आशै आशमा जिन्दगीका पलहरू बित्दै बित्दै जान्छन, आफ्नो पढाई अनुसार प्रत्येक छोराछोरी जागिर नपाउन्जेल जागिरकै शिलशिलामा भैतारिनु प¥यो । जागिर पाए पछि बिहेका कुरा । त्यसपछि सन्तान प्राप्तिका कुरा । अनि आफ्नो छुट्टै घर, त्यस्लाई समाल्ने कुरा । यि सम्पूर्णताको परिपूर्ति गराउँदा गराउँदै आमा बाका बलिदान, त्याग अनि सङ्घर्षहरु बिस्तारै बिस्तारै बिलिन हुँदै या भनौँ ओझेल पर्दै जान्छन् । चाहेरै होस या नचाएरै होस् बिहे भैसकेपछि सन्तानहरू आफ्नै सन्तान अनि घरगृहस्थीसँग रमाउन थाल्छन् । हिजो तिलहरी बेचेर आमाले पढ्नलाई पठाएको खर्च, बाबाले नाङ्गा तालुमा भारी बोकि बोकि कमाएर कोठाभाडा तिर्न पठाएको पैसा अनि हजुरआमाको पोल्टाको पुरानो ५०० बाटो खर्च....., यी सबै कुराहरू सन्तानको मानस्पटलमा कहि न कहि त हुन्छन् नै तर यिनीहरूसङ्ग समयको पारविन्द  सङ्गै ती सन्तानहरूलाई जिम्मेवारी बोध गराउने ताकत भने हुँदैन । ती यादहरू अलि पुराना, धमिला अनि मधुरा बन्दा बन्दै मेटिन मेटिन खोज्छ्न । कसै कसैका त मेटिन्छ्न् नै । 
जिन्दगी यस्तै हो । म पढ्न काठमाडाँै आए ६ वर्ष पहिले । आमा, बा अनि हजुरआमा सङ्ग बिताएका ति मिठा पलहरू झल्झल्ती यो आँखामा रातदिन नाचिरहन्छन् । मलाई अझै २÷४ बर्ष त्यसै गर्न मन छ । उहाँहरू सङ्गै रमाउन मन छ । तर म अब यसमा कहिले पनि सफल हुन सक्दिँन होला किनभने मैले शिक्षा लिइसकेपछि अब म आमा बासङ्ग बस्ने छैन । मैले त काम खोझ्नु पर्छ, पैसा कमाउनुु पर्छ, विदेश उड्नुपर्छ अनि आमा बालाई समय समयमा पैसा दिई रहनु पर्छ । त्यसैले म त्यसमा अब एकदमै धेरै व्यस्थ हुँदै छु । मैँले अब मेरो मनमा लागेजति समय आमा बा सङ्ग कहिले पनि बिताउन पाउदिँन ।(–सोलुुखुुम्बुुकी एलिसा भूजेल सामाजिक विषयवस्तुमा कलम चलाउँछिन । )

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार