रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं । सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । अन्तिम ओभर बलिङ गर्न भुवनेश्वर कुमार आएका थिए । उनको पहिलो बलमा रविचन्द्रण आश्विनले १ रन लिए । दोस्रो बलमा रोभमन पावेलले २ रन लिए भने तेस्रो बलमा उनले चौका प्रहार गरे । चौथो बलमा पनि पावेलले २ रन लिए । हैदराबादका लागि रनआउटको अवसर भएपनि पावेक २ रन लिन सफल रहे । अन्तिम बलमा २ रन चाहिएकोमा पावेललाई कुमारले एलबिडब्लुमा फसाएपछि हैदराबाद १ रनले विजयी भयो ।


राजस्थानका रियान परागले ४९ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रन बनाए । यस्तै यशस्वी जैसवालले ४० बलमा ६७ रन जोडे । जोस बटलर र सञ्जु स्यामसन दुवै शून्यमा आउट भएपछि जैसवाल र परागले इनिङ सम्हालेका थिए । यस्तै अन्तिम बलमा आउट भएका पावेलले १५ बलमा २७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनले २(२ विकेट लिए ।

SRH vs RR Highlights, IPL 2024: SunRisers Hyderabad Break Rajasthan ...
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो । सुस्त सुरुवात गरेको हैदराबादको इनिङ नितिश रेड्डी र हेन्रीक क्लासेनले उकासेका थिए ।
रेड्डीले ४२ बलमा ३ चौका ८ छक्का प्रहार गर्दै ७६ रन जोडे । क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का सहित ४२ रन बनाए । ट्राभिस हेडले ४४ बलमा ५८ रन जोडेका थिए ।
राजस्थानका आभेश खानले २ विकेट तथा सन्दिप शर्माले १ विकेट लिए । जितपछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ । आईपिएलमा भोलि हुने खेलमा मुम्बई इंडियन्स र कोलकत्ता नाईट राइडर्स भिड्ने छन् ।

SRH vs RR 2024, IPL Live Streaming: When and where to watch Sunrisers ...

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार