प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

मंगलबार, वैशाख १८, २०८१

टाहाखेल (ललितपुर) । मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठको स्थान पक्का गरेको हो । 

May be an image of 8 people and textमध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने अर्को गोल कप्तान यमन राजवहाकको नाममा रह्यो । कप्तान यमनले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।  रोहनले खेलको ३८ औं, ४१ औं र ९० इन्ज्युरी टाइममा गोल गरेका थिए । उनै रोहन खेलको प्लेयर अफ दि म्याच चुनिए र ट्रफिसहित ५ हजार रुपैयाँ टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हस्तान्तरण गरे । मध्यपुरले अब वैशाख २२ गते तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

May be an image of 10 people and textतारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन् । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May be an image of grass

May be an image of 4 people and text that says

May be an image of 2 peopleMay be an image of 8 people and Saqsaywaman

 

May be an image of 5 people, people climbing and mountainMay be an image of 1 person and SaqsaywamanMay be an image of 3 people, people skeet shooting and textMay be an image of 17 people and SaqsaywamanMay be an image of ‎4 people, skateboard and ‎text that says

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार