वीरगञ्जमा गोली चल्याे, प्रहरीले नियन्त्रणमा लियाे एक जना अपराधीलाई

सोमबार, वैशाख १७, २०८१

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको बुझिएको छ । पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्सा प्रहरीका एक जना उच्च अधिकारीले पुष्टि गरे ।  बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । २०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार