नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।  त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।  नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।  यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए । त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
कोलकोता आइपिएलको प्लेअफमा
आइतबार, वैशाख १६, २०८१

आइपिएलमा आज दुई खेल हुदै
आइतबार, वैशाख १६, २०८१