सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर राजमार्ग खुलाइएको हो । यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए । तर अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ । पहिरोका कारण काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका थिए । जेसीबीको सहयोगमा पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।