सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरेर सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो । प्रतिक्रिया रुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल–नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन्् । ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो । पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मंसिर २१ को बैठकमा पनि ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेस भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् । मंसिर २८ को स्थायी कमिटी बैठकमा भने ओली सहभागी भएका थिए ।