गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो । दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै २२० रन बनाएपछि खेल ४ रनले हारेको थियो । यसअघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै २२४ रन बनाएको थियो । यो यस सिजनमा दिल्ली क्यापिटल्सको चौथो जित हो । यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार