चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

बुधबार, वैशाख १२, २०८१

काठमाडौँ । नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ । सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार