६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार