अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने
बुधबार, पुस १, २०७७

काठमाडौँ । पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएका हुन् । 
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो ।
ओली र दाहालबीचको दोस्रो चरणको वार्तामा महासचिव विष्णु पौडेल र नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार