म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

सोमबार, वैशाख १०, २०८१

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो । अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार