रियल म्याड्रिडले जित्यो एल क्लासिको

सोमबार, वैशाख १०, २०८१

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा रियल म्याड्रिडले जित निकालेकाे छ । गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज  र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार