रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

आइतबार, वैशाख ९, २०८१
Global Ime Bank

काठमाडौँ । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले  बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुँदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो । यसअघि पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो कोलकोताको यस सिजनमा पाँचौं जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।


 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार