म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राती हुदै छ । एफए कपको फाइनल भने मे २५ मा हुने छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार