सनराइजर्ससँग हार्यो दिल्ली क्यापिटल्स

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुदै १९९ रन बनाएको थियो । यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्धतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २६६ रन बनाएको थियो । यो जितपछि सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अंक भएको छ । त्यसैगरी दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौ स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार