राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

शनिबार, वैशाख ८, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् । मलेसिया क्रिकेट संघका अनुसार उक्त प्रतियोगिता अप्रिल २४ देखि मे ५ सम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार