एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

शनिबार, वैशाख ८, २०८१

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।   शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।  त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार