प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

फाइनलमा ओमान र युएई भिड्ने
शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्ने भएको हो । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने छ त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।  हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो । यस अघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४: १५ बजेदेखि शुरु हुने छ । फाइनलको विजेताले २०२५ मा हुने टी-२० एशिया कप खेल्न पाउने छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार