हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठुलो जरीवाना हुने बोर्डले जनाएको छ । यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार