खेलाडीको प्रोत्साहनका लागि लुम्बिनीमा मेयर कप क्रिकेट, मेयर र हकिमको माला मोह !

शुक्रबार, वैशाख ७, २०८१

भैरहवा ।  स्थानीय क्रिकेट खेलाडीहरुको प्रोत्साहन तथा दक्षता बृद्धि गर्न प्रतिस्पार्धात्मक खेल हुने गर्छ । विभिन्न पालिकाहरुले यसैका लागि बजेट विनियोजन गरि प्रतियोगिताहरु पनि गराउँदै आएका छन् । ठाँउ अनुसार कहीँ फुटवल, भलिबल, व्याडमिन्टन र क्रिकेटलगायतका प्रतियोगिता पालिका र वडास्तरमा हुने र भइरहेका छन् । प्रतियोगिताको मुख्य उद्देश्यले स्थानीय खेलाडीलाई प्रोत्साहन तथा सहयोग गर्नु नै हो तर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरी सहभागी खेलाडीहरु भन्दा पनि आफू नै दुलाहा जस्तै सजिएका छन् ।  खेलको उद्घाटनको दिन विभिन्न समयमा फरक फरक स्वरुपमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका आयोजकहरुले फुलमालाले सजिएका छन् खेलाडीहरुले भने पोशाक बाहेक केही पनि नपाएको बताउँछन् । 

गर्मीको समयमा भइरहेको प्रतियोगितामा खेलाडीहरुलाई न ओत लाग्ने ठाए छ न त खानेपानीको व्यवस्थापन नै । लुम्बिनी विकास कोष परिसरको मैदानमा पडरियामा भइरहेको खेलमा खेलाडीहरु भन्दा आयोजकहरु कै लागि प्रतियोगिता भएको देखिन्छ । खेलाडीहरुलाई खेद सामाग्री र प्रतियोगितालाई उचित व्यवस्थापन गर्नुका साटो आयोजकहरुले आधा दर्जन भन्दा बढी माला भिरेर प्रतियोगितामा दर्शकको रुपमा सहभागी छन् । आयोजकले उद्धघाटनको समयमा एउटा माला लगाउनु त ठिकै हो आठ–नौ ओटा माला सम्म एउटैले लगाएर खेल मैदानमा हिडेपछि नगरपालीकाका कर्मचारी र पदाधिकारीहरुको चर्को आलोजना भएको छ ।  खेलाडीहरुको मनोवललाई बढाउनका लागी प्रतियोगीता आयोजना गरिएको भनिए पनि आयोजकले आफै बजेट खर्च गरेर उद्धघाटन सत्रका अवसरमा फजुल खर्च गरेको देखिन्छ ।  नगरपालीकाका नगर प्रमुख सजरुदीन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली, नगरप्रमुखका राजनितिक सल्लाहकार सईद मुसलमानले एउटै खेलमा फरक फरक रुपमा माला भिरेर हिडरहेका छन । उनीहरुले आवस्यक भन्दा बढी माला , खादामा रकम खर्च गरेका छन् ।

खेलाडीहरुलाई खेल्नका लागी खेल सामाग्ी अभाव हुदा उनीहरुले यस्तो गतिविधी गर्दा सहभागी खेलाडीहरु नै निराश छन । हामीलाई खेल्नको लगि पोशाक बाहेक केही दिएको छैन, हाम्रै लागि प्रतियोगिता आयोजना गरेको भन्छन तर प्रोत्साहनको लागि केही पनि बजेट नभएको सहभागी वडा नम्बर ६ का खेलाडीले भने ।  प्रतियोगिताका लागि १० लाख बजेट छुटयाइएको छ । लुम्बिनीको पडरिया बस पार्कको मैदानमा बैशाख २ गते बाट सुरु भएको टुर्नामेनटमा १६ वटा टिमको सहभागिता रहेको छ । १३ वटा टिम वडाबाट छन भने लुम्बिनी बिस्वविधालय, नगरपालिकाकाको  कर्मचारी  र लुम्बिनी विकास कोषकबाट एक–एक टिम रहेको छ ।  खेल मैदानमा भेटिएका खेलाडी जमसेद खानले यति चर्को घाममा खेल गराउनु नै नहुने हो, गराएपनि व्यवस्थापन केही छैन । खेलाडिहरुका लागि टेन्ट पनि छैन, पानी खान समेत यहाँ व्यवस्था गरिएको छैन । उनले यो समय क्रिकेटको लागि उपयुक्त समय समेत नभएको बताए ।  आयोजक नगरपालिकाले भने प्रतियोगितामा पुरस्कारमा प्रथम हुने टिमलाइ नगद ८० हजार , ट्रफी , मेडल र प्रमाण पत्र, दोस्रो हुने टिमलाई ४० हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्रको व्यवस्था गरेको जानकारी दिएको छ । 
लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले खेलाडिहरुको मनोबल बढाउनको लागि यो खेलकुदको आयोजना गरिएको बताए । उनले खेल क्षेत्रलाई पेशाको रुपमा स्थापित गर्न सक्ने हिसाबले युवा बर्गहरुलाई लक्षित गरेर खेलकुदमा लगानी लगाएको बताए । नगरपालिका कार्यालयले दिएको तथ्याङक अनुसार १० लाख २ हजारको अनुमानित खर्चमा उदघोसकलाई २० हजार, अम्पायरलाई २० हजार, स्कोररलाई २० हजार, सहयोगीका लागि ७५ हजार, पुरस्कारमा १ लाख २० हजार, खाजा नास्तामा १ लाख ४० हजार, व्यानर र पोस्टरमा १० हजार, अन्य पुरस्कारमा ५० हजार, आयोजको खाना खर्च ४६ हजार, साउण्डमा ६० हजार, पोशाकमा ३ लाख ६० हजार, खेल सामाग्री ५५ हजार, उद्घाटन समापन समारोहमा २५ हजार  खर्च गरिने छुटयाइएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार