युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ । युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।  आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् ।  पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।   नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार