प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा ६ खेलाडी सहभागी हुँदै

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अप्रिल १९ देखि २१ तारिखसम्म मित्रराष्ट्र भारतको केरलामा हुन गइरहेको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । प्रतियोगितामा सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्री तथा महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगर सहभागी हुदै छन् । त्यस्तै प्रशिक्षक निर्णायक प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापक ग्याल्जेन शेर्पा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार