संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

बुधबार, पुस १, २०७७

काठमाडौं । संघीय संसद्को विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए ।
तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा  बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई भेट नपाउँदा उनीहरुले निवेदन दर्ता गर्न नसकेको हुन् । 
संसद्को एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
एकटा अधिवेशनदेखि अर्काेको बिचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने अवस्था छ । यस्तो बाध्यात्मक अबस्था भए पनि सरकारले अधिवेशन बोलाउन आलटाल गरेको बरु एकपछि अर्काे अध्यादेशको तयारी गरेको आंशकासहित नेकपा सांसदले विशेष अधिवेशनको माग गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार