एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बीमा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह बी मा समूह विजेता बनेको छ । ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह बी को उपविजेता बनेको छ । अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।
    

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार