युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ । समूह बि को समूह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रनको लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो । यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शीर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समूह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ । समूह बीबाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।
  

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार