आइपिएल : दिल्लीसँग गुजरातको हार

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा नटआउट रहे । गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए । त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानले सर्वाधिक ३२ रन बनाए । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दिल्लीका लागि मुकेश कुमारले २।३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका थिए । इशान्त शर्माले २ ओभरमा ८ रन दिदै २ विकेट लिए । ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए । ७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ । आइपिएलमा आज बिहीबार पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार