साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली बलर करण केसी र अविनास बोहोराले २-२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक–एक विकेट लिए । गएराति आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको छ ।
   

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार