आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा छन् । उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन् । त्यस्तै दिपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा रहेका छन् । त्यस्तै टी- २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन् ।             

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार