राष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् । आज हुने उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने खेलकुद परिषदले जनाएको छ । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने  छन्।  परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने छिन् । चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन्। पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । आजदेखि सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ६८६ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार