हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।
         

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार