एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा हङकङलाई स्तब्ध बनाएको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले पराजित गरेको हो । साउदी अरेबियाले दिएको २०३ रनको लक्ष्य पछाएको हङकङ १८.४ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो । हङकङका लागि कप्तान निजकत खानले सर्बाधिक ७३ रन बनाए भने अन्शुमान रथले २९ तथा जीशान अलीले १८ रन बनाएका थिए । त्यस्तै साउदीका बलर उस्मान नाजीब र जैन उल अबिदीनले ३-३ विकेट लिएका थिए भने हिशाम सेखले २ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मनन अलीले ४४, फैसल खानले ३० र हिशाम सेखले २२ रन बनाएका थिए । यो साउदी अरेबियाको टी-२० क्रिकेटमा हङकङविरुद्ध अहिलेसम्मको पहिलो जित हो ।  साउदी अरेबियाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा आएको छ । त्यस्तै हङकङको भने २ खेलमा यो पहिलो हार हो । २ खेलमा २ अंक हासिल गरेको हङकङ चौथो स्थानमा रहेको छ । अब सोमबार हङकङले नेपालको सामना गर्ने छ । त्यस्तै साउदी अरेबियाले मंगलबार कतारको सामना गर्ने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार