आइपिएल

रोहित शर्माको शतक बनेपनि मुम्बईमाथि चेन्नईले निकाल्यो जित

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो विकेटका लागि ७.१ ओभरमा ७० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । इशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो । सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक वर्माले ३१ रन जोड्दै टोलाई केही आशा दिलाए । तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसक्नेपछि मुम्बई जितबाट विमुख भएको थियो ।


टिम डेभिडले १३ रन जाडे । रोहितले ६३ बलमा ५ छक्का र ११ चौकासहित नटआउट १ सय ५ रन बनाए । चेन्नईका मतिशा पाथिरानाले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो । कप्तान गायकवाड र शिभम दुबेले अर्धशतक बनाए । रितुराजले ४० बलमा समान ५ चौका र छक्कामा ६९ रन बनाए ।
३८ बल खेलेका शिभमले १० चौका र २ चौकासहित ६६ रन जोडे । महेन्द्रसिंह धोनीले ४ बलमा ३ छक्कासहित २० रन बनाउँदै टोलीको स्कोर बढाएका थिए । रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए । मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए । पाँचौं खेलमा चौथो खेल जितेको चेन्नई ८ अंकसहित दोस्रो स्थानमा छ । छैटौं खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार